शीतल निवासमा विवाहको चहलपहल, उपहारको कष्ट नगर्न निम्तालुलाई आग्रह

काठमाडौं, माघ ३ – राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशा कुसुमको सोमबार विवाह हुँदैछ । राष्ट्रपति भण्डारीले शितल निवासबाटै छोरीको विवाह गराइदिन लाग्नुभएको हो । पूर्व राष्ट्रपति रामवरण यादवका नाति एवं सांसद किरण यादवकी छोरा अभिशेष यादवसँग निशाको विवाह हुन लागेको हो ।

वैवाहिक समारोह सामाजिक सुधार ऐन २०३३ भित्र रहेर गरिने शीतल निवास स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले पठाउनुभएको निमन्त्रणा पत्रमा कुनै पनि नगद वा जिन्सी उपहार नल्याउन भनिएको छ । दाइजो पनि दिइने छैन । जन्ती पनि ५१ जना भन्दा बढी जाने छैनन् । विहे भोजमा झण्डै १५ सय जना सहभागी हुने बुझिएको छ । विवाह समारोहमा भाग लिन पूर्व राजा ज्ञानेन्द्र शाह लगायत दलका शीर्ष नेताहरुलाई निम्ता गरिएको छ । ज्ञानेन्द्र पहिलोपटक शीतल निवास जान लाग्नुभएको हो । गणतन्त्र घोषणाको ८ वर्षपछि ज्ञानेन्द्रले पहिलोपटक शीतल निवास प्रवेश गर्न लाग्नुभएको हो । राष्ट्रपति आफैले निम्ता गरेपछि ज्ञानेन्द्रले सहजै स्वीकार गरेको निर्मल स्रोतले बताएको छ ।

0 comments

प्रतिकृया दिनुहोस