ओलीजी! तपाईंको स्वास्थ्य कस्तो छ? देशको स्वास्थ्य बिग्रेको छ'

चीन-नेपाल बौद्धिक सम्मेलन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरे। काठमाडौंको एक होटलमा मंगलबार सुरु भएको सम्मेलन उद्घाटन सत्रको प्रमुख अतिथिका रूपमा निम्त्याइएका ओलीले नेपाल र चीनको सम्बन्ध अहिले नयाँ चरणमा प्रवेश गरेको बताए। उनले गतसाल चैतमा आफूले चीन भ्रमण गर्दा गरेका सम्झौताले दुई मुलुकको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको बताए।
'अघि गुरुले भनेजस्तै,' मञ्चमा बसेका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलाई हेर्दै उनले भने, 'प्रधानमन्त्रीका रूपमा मेरो चीन भ्रमणको समयमा भएका ती सम्झौताहरूले दुई देशको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ।' ती सम्झौता चाँडो कार्यान्वयन हुनुपर्नेमा जोड दिन पनि उनले नेता घिमिरेलाई नै उद्धृत गरे, 'साँच्चै गुरुले भनेजस्तै हामीसँग अब धेरै समय छैन। हामीले धेरै समय खेर फालिसकेका छौं, अब काम गरेर देखाउनुछ।' कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई निम्ता भएपनि गुरु उनको प्रतिनिधिको रुपमा सहभागी भएका थिए। एमाले अध्यक्ष ओलीभन्दा ठीक अगाडि बोल्ने पालो पाएका युवा नेता घिमिरेले ओलीलाई मञ्चबाटै प्रश्न गरेका थिए, 'ओलीजी! तपाईंको स्वास्थ्य कस्तो छ?देशको स्वास्थ्य अलि बिग्रेको छ

0 comments

प्रतिकृया दिनुहोस