बाहिरियाको उपदेश अनावश्यक: ओलाँद

जर्मनी तथा फ्रान्सका नेताहरुले युरोप आफ्नै मूल्यमान्यताबाट निर्देशित हुने भन्दै बाहिरियाको उपदेश अनावश्यक भएको टिप्पणी गरेका छन्। अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ब्रिटिश तथा जर्मन अखबारहरुलाई अन्तर्वार्ता दिंदै ब्रिटेनले युरोपेली युनियन त्याग्नेबारे गरेको मतदान अर्थात ब्रेक्जिटको प्रशंसा गर्दै अन्य देशले पनि त्यसै गर्ने विश्वास व्यक्त गरेका थिए। रुष्ट उनको अभिव्यक्तिलाई स्वाभाविक रुपमा बर्लिन र प्यारिसमा रुचाइएको छैन। ट्रम्पले जर्मन चान्सलर एंगला मर्कलको शरणार्थीलाई स्वागत गर्ने नीतिको कटु आलोचना गरेका थिए। त्यसको जवाफमा मर्कलले युरोपेलीहरुको भाग्य आफ्नै हातमा रहेको बताइन्। उनले युरोपेली एकता नै ट्रम्पको टिप्पणीको उत्तम जवाफ हुने बताइन्। प्यारिसमा फ्रान्स्वाँ ओलाँदले आफ्नो मार्ग तय गर्न युरोपलाई कसैको उपदेश नचाहिने बताए। मर्कल र ट्रम्प
उनले भने, "युरोप अमेरिका ट्रान्सएटलान्टिक सरसहयोग निरन्तरताका लागि युरोप तयार छ। तर त्यो युरोपको आफ्नै स्वार्थ अनि मूल्यमान्यतामा आधारित हुनेछन्। युरोपलाई के गर्नुपर्छ भनेर बाहिरियाको उपदेश आवश्यक छैन।" बहिष्कार यसबिच शुक्रबार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्ने औपचारिक समारोह बहिष्कार गर्ने घोषणा गर्ने अमेरिकी कंग्रेसका डेमोक्र्याट सदस्यहरुको संख्या २६ पुगेको छ। एक सम्मानित नागरिक आन्दोलनका अगुवा तथा डेमोक्र्याट सदस्य जोन लुइसले उनी वैधानिक राष्ट्रपति नभएको टिप्पणी गरेपछि ट्रम्पले उनको चर्को आलोचना गरेका थिए। त्यसपछि डेमोक्र्याट सदस्यहरुले बहिष्कार गर्ने बताएका हुन्। दुवै सदनमा गरि अमेरिकी कंग्रेसका सदस्यहरुको संख्या ५३५ रहेको छ। -source

0 comments

प्रतिकृया दिनुहोस