लोकमानविरुद्ध महाअभियोग छलफलमा पत्रकार निकालिए
माघ ४, २०७३- सर्वोच्च अदालतबाट अख्तियार प्रमुखको नियुक्ति नै खारेजीमा परेका लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय समितिले सुरु गरेको छलफलमा पत्रकार निकालिएका छन् । अदालतले उत्प्रेषणको आदेशद्वारा कार्कीको नियुक्तिको सिफारिस र शपथग्रहण समेत बदर गरेको अवस्थामा संसद्मा विचाराधीन महाअभियोग प्रस्तावलाई कसरी टुंग्याउने भन्नेमा समितिले सुरु गरेको कानुनी परामर्शमा पत्रकारलाई रोक लगाइएको छ । संसदीय समितिको छलफलमा पत्रकारलाई रोकिएको दोस्रो घटना हो । -source


0 comments
प्रतिकृया दिनुहोस