पाकिस्तानी ‘हल्क’ : हातले रोक्छन् ट्रयाक्टर, दैनिक ३६ वटा अण्डा, ३ किलो मासु खान्छन्
मरदान – तपाइँलाई ‘हल्क’ भनेर हलिउड सुपरहिरोको चलचित्र याद छ ? याद छ भने पक्कै पनि चलचित्रमा हल्कले खाली हातले कार रोक्ने र उठाएर फाल्ने गरेको सम्झनुहुन्छ होला । ठीक यस्तै चरित्र हल्कको पाकिस्तानी भर्सनमा पाउन सकिन्छ । २५ वर्षीय अरबाब खिजेर हायात आफ्नो हातले ट्रयाक्टरलाई रोक्न सक्छन् भने दुईवटा कारलाई तान्न सक्छन् भने एक हातले मानिसलाई उठाउन सक्छन् । उनी आफू विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति भएको दाबी गर्छन् ।
हायातको तौल ४३५ केजी रहेको छ । उनी दिनको १० हजार क्यालोरी खाना खान्छन् । उनको दैनिक खानामा ३६ वटा अण्डा, ३ किलो मासु र ५ लिटर दुध खान्छन् । उनको उचाइँ ६ फिट तीन इन्च रहेको छ । यत्रो तौल हुँदा पनि उनलाई कुनै शारीरिक समस्या भने छैन । एउटा भिडियोमा उनले ट्रयाक्टरलाई रोकेको र दुईवटा कारलाई तानेको देख्न सकिन्छ -source

0 comments
प्रतिकृया दिनुहोस