प्रधानन्यायाधीश र न्यायाधीश लड्दा सर्वोच्चबाट नहकुल आउट !

काठमाडौं–मन्त्रिपरिषद्को गत माघ ६ गतेको बैठकले न्याय सेवाका सहसचिवहरुलाई विशिष्ठ श्रेणीको सचिव तहमा बढुवा गर्ने निर्णय गर्यो ।
न्याय सेवा आयोगको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले सह–रजिष्ट्रार नहकुल सुवेदी, नृपध्वज निरौला, कानुन मन्त्रालयका सहसचिव राजिव गौतम र किरण पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सुवेदीलाई न्यायपरिषद् सचिवमा पदस्थापन गरियो भने निरौलालाई सर्बोच्चको रजिष्टारमा नियुक्ति गरियो । यस्तै गौतम कानुन मन्त्रालयको सचिव र पौडेल सहमहान्ययाधीवक्तामा पदस्थापना भएका थिए ।

न्यायसेवाका सुवेदी खड्काभन्दा सिनियर हुन् तर उनीलाई न्यायपरिषद्को सचिवालयमा पदस्थापना गरेर खड्कालाई भने रजिष्ट्रार बनाइएको हो ।
स्रोतका अनुसार प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोपाल पराजुलीबीचको विवादले सिनियर भएर पनि सुवेदीलाई कम आकर्षक मानिने न्यायपरिषद्को सचिवालयमा पठाइएको हो । जवकी सर्वोच्चको रजिष्ट्रार निकै शक्तिशाली पद मानिन्छ ।
सुवेदी न्यायाधीश पराजुलीका भान्जीज्वाईँ भएको बताइन्छ । यही कारण सुशीलाले उनलाई पूर्वाग्रह राखेर न्यायपरिषद्को सचिवालयमा पठाई नृपध्वजलाई सर्वोच्चको रजिष्ट्रार बनाउन सिफारिश गरेको न्याय क्षेत्रमा अहिले चर्चा छ ।
कल्याण श्रेष्ठ प्रधानन्यायाधीश हुँदा सुवेदीले मुद्दा मालिलाका केशमा लामो हात गर्ने गरेको समेत स्रोतको भनाई छ । यतीमात्र नभई उनले विभिन्न आकर्षक मुद्दाहरु गोपाल पराजुलीको बेन्चमा पुराइदिने गरेको समेत आरोप लाग्ने गरेको थियो । स्मरणीय छ, दुईओटा नागरिकताधारी तत्कालिन केयुकेएलका प्रवन्धक चन्द्रलाल नकर्मीको मुद्दामा समेत सुवेदीकै सहयोगमा पराजुलीले चलखेल गरेको आरोप लागेको थियो ।

यसैबीच प्रधानन्यायाधीश कार्कीले बरिष्ठलाई सर्वोच्च अदालतको रजिष्ट्रार बनाउने प्रचलन मिचेको भन्दै न्याय सेवा आयोगको बैठकमा विवाद भएको बताइएको छ ।
नियुक्तिअघि बसेको आयोगको बैठकमा कार्कीले सर्बोच्चका बरिष्ठतम सहरजिष्ट्रार सुवेदीको साटो कनिष्ठ निरौलालाई रजिष्ट्रार बनाउन प्रस्ताव गरेपछि विवाद भएको हो ।
तर त्यो विवादमै सीमित रह्यो खड्का रजिष्ट्रार बनिसकेका छन् भने दुई न्यायाधीशको विवादको भुंग्रोमा सुवेदी परिसकेका छन् ।

0 comments

प्रतिकृया दिनुहोस