शीतलनिवासको बिहे खर्च कसले व्यहोर्छ ? राज्यले कि व्यक्तिले ?
३ माघ, काठमाडौं । राष्ट्रपतिनिवासमा आयोजित भव्य विवाह समारोहमा कति खर्च भयो भन्ने हिसाब-किताव बाहिर आइसकेको छैन । यो विवाह व्यक्तिगत भए पनि आइतबार साँझ राष्ट्रपति कार्यालयले सरकारी छापसहितको आधिकारिक प्रेस विज्ञप्ति नै जारी गरेर यसको जिम्मा लिएको छ । बिहेको विषयमा विज्ञप्ति जारी गर्ने राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ माधव शर्मालाई हामीले सोध्यौं- ‘तपाईले जारी गरेको विज्ञप्तिमा बिहेभोजको खर्च राष्ट्रपति कार्यालयले व्यहोर्छ कि विद्यादेवी भण्डारीले भन्ने कुनै उल्लेख गरिएको पाइएन, योे खर्च कसले व्यहोर्छ ? सरकारले कि व्यक्तिले ?’ जवाफमा शर्माले भने- ‘कहाँको राज्यले व्यहोर्नु ? सबै खर्च व्यक्तिगत हो । राष्ट्रपति कार्यालयको जमीनमात्रै प्रयोग गरिएको हो, सबै खर्च राष्ट्रपतिज्यूको व्यक्तिगत हो ।’ -source


0 comments
प्रतिकृया दिनुहोस