राष्ट्रपतिका छोराको कुकुरले लियो ज्यान
गाम्बियाका निर्वाचित राष्ट्रपति आडमा बैरोका छोराको कुकुरको टोकाइका कारण मृत्यु भएको छ ।
आठ वर्षका हबिब बैरोको अस्पताल पुर्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
आडमा छोराको अन्तिम संस्कारमा संलग्न हुन पाएनन् । उनी सुरक्षाका कारणले सेनेगलमा छन् ।
आडमाले पछिल्लो वर्ष राष्ट्रपतिको चुनाव जितेका थिए तर याहया जनमेहले पद छोड्न
गाम्बियाको क्षेत्रीय संस्था बडी इकोवासले उनलाई बिहिबारसम्म सेनेगलमा नै बस्न आग्रह गरेको छ ।
याहयालाई पदबाट हटाउनका लागि सैन्य हस्तक्षेपमाथि बिचार गरिरहेका बेला उनको सुरक्षामा अत्यधिक सचेत भएको बताइएको छ ।


0 comments
प्रतिकृया दिनुहोस