आकाश र नाजिरसँगको रोमान्समा साम्राज्ञी

काठमाडौं – डेब्यु चलचित्र ‘ड्रिम्स’ बाटै हिट भएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिमी सँग’को केही तस्बिर सार्वजनिक भएका छन् । निर्देशक तथा निर्माता शिशिर राणाले आफ्नो फेसबुक मार्फत तस्बिर सार्वजनिक गरेका हुन् । तस्बिरका आधारमा अनुमान लगाउने हो भने चलचित्रमा साम्राज्ञी र आकाशको राम्रो क्यामेस्ट्री रहेको अनुमान लगाउन सकिन्छ । साथमा उनले नाजिरसँग पनि रोमान्स गरेको देखिन्छ । चलचित्रमा साम्राज्ञीको अलवा आकाश श्रेष्ठ र नाजिर हुसेनको समेत मुख्य भूमिका रहेको छ । ‘तिमी सँग’ केही साता अगाडिबाट छायाँकन सुरु भएको चलचित्र हो । करिब ३५ दिनसम्म चल्ने चलचित्रको छायाँकन पोखरा, घान्द्रुक र कालापानीमा पनि हुने निर्माण पक्षले जनाएको छ । -source

0 comments

प्रतिकृया दिनुहोस