आइफोन जस्तो देखिने पेस्तोल
आइफोन जस्तो देखिने पेस्तोलका कारण युरोपका प्रहरी हैरानीमा परेका छन्। यो पेस्तोलको साइज ९ मिलिमिटर छ र यसलाई सजिलै लुकाउन सकिन्छ। आइफोन जस्तो देखिने यो छोटो हतियार एउटा सुइच दबाए पछि हतियारमा बदलिन्छ। इभिनिङ स्ट्यान्डर्ड नामको अखबारले भनेको छ, 'अमेरिकामा यसको लन्च गरेपछि अपराधिक तत्वले सजिलै युरोप पुर्याउने डर छ।' पेस्तोलको मुल्य आइफोन भन्दा पनि कम छ। यसको मुल्य ५३ हजार रहेको छ। पछिल्ला दिनमा आतंकवादी हमलाबाट ग्रसित युरोप यो हतियारका कारण थप अपराधिक घटना हुन सक्नेमा चिन्तित छ। यो पेस्तोलको विक्री अमेरिकामा आगामी हप्ताबाट सुरु हुने छ।


0 comments
प्रतिकृया दिनुहोस