भूकम्प प्रभावितहरुले र्याली निकाले, सरकार मुकदर्शक बनेको आरोप
काठमाडौं, माघ ४ । पुनर्निर्माणको कामलाई तिव्रता दिन माग गर्दै राजधानीका भूकम्प प्रभावितहरुले आज(मंगलबार) ललितपुरमा र्याली निकालेका छन् ।
ललितपुर उपमहानगरपालिका कार्यालयअगाडिबाट सुरु भएको र्याली पाटनढोका पुगेर समापन भएको थियो । विनाशकारी भूकम्प गएको दुई वर्ष वित्न लाग्दासमेत पुनर्निर्माण र पुनस्र्थापनाको काम नभएको भन्दै उनीहरुले तत्काल काममा तिव्रता दिन सरकारसँग माग गरेका छन् । भूकम्प प्रभावितहरुले जाडोको समयमा महिला, बालबालिकाको अवस्था दयनीय हुँदासमेत सरकार मुकदर्शक बनेको भन्दै राहतको व्यवस्था गर्नसमेत माग गरेका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थलको पुनर्निर्माण गरिनुपर्ने, सुरक्षित घरबासको व्यवस्था गरिनुपर्नेलगायतका माग पनि उनीहरुले राखेका छन् । -source

0 comments
प्रतिकृया दिनुहोस