औद्योगिक सुरक्षाका लागि रुपन्देहीमा सशस्त्र प्रहरी बलका अत्याधुनिक कार्यलय भवन
बुटवल, पुस २६ । सशस्त्र प्रहरी महानिरिक्षक दुर्ज कुमार राईले बुटवल उपमहानगरपालीका वार्ड न १९ मोतिपुरमा नवनिर्मित सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म बुटवलको भवनको मंगलबार उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी बलको स्वामित्वमा रहेको करिव ३ बिगाहा क्षेत्रफलमा निर्मित कार्यालय, क्वाटरगार्ड भवन सहित हाल ३ वटा भवन रहेका छन् । महानिरिक्षक राईले जनताको सेवामा प्रतिवद्ध भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन । उनले सशस्त्र प्रहरी बल जनताको मालिक नभइ सेवक भएकाले सेवकको भावनाले काम गर्न समेत निर्देशन दिए । उनले जनताले तिरेको करले राज्यक सबै निकाय चल्ने हुदा सशस्त्र प्रहरी पनि जनताकै सेवक भएकाले जनताप्रति जवाफदेही हुन निर्देशन दिए । उनले भने– जनताले राज्यलाई कर तिर्छन हामिले राज्यबाट पाउने तलव, पोसाक, रासन लगायत सम्पुर्ण राज्यले दिने सुबिधा जनताको करबाट हो, त्यसैले जनताप्रति जवाफदेही बन्नु जरुरी छ । कुनै पनि देशको औद्योगिक, शैक्षिक लगायतका बिकासका आधारमा सम्पुर्ण देशको बिकासको आधार तय हुने भएकाले औद्योगिक क्षेत्रको सुरक्षामा कुनै कमि हुन नदिन सशस्त्र प्रहरी बलको निकायलाई आग्रह गर्दै उनले भने,जुन देशमा सुरक्षा हुन्छ त्यहि देशमा मात्र उन्नति र प्रगति हुन्छ । यस क्षेत्रको औद्योगिक क्षेत्रको सुरक्षार्थ स्थापना गरिएको गल्मको नवनिर्मित भवन रु. १ करोड ८८ लाखको लागतमा सम्पन्न भएको गुल्मपति डिएसपी प्रकाश थापाले प्रतिवेदन सार्वजनिक गरेका थिए ।


0 comments
प्रतिकृया दिनुहोस