३ वर्षपछि युवराज सिंहको बिस्फोटक ब्याटिङ

तीन वर्षपछि भारतको एकदिवसीय र टी–२० टिममा फर्किएका युवराज सिंहले इङ्ल्यान्डविरूद्ध दोस्रो एकदिवसीय क्रिकेटअन्तर्गत कटकमा भइरहेको खेलमा बिस्फोटक ब्याटिङ गरिरहेका छन्। उनले केएल राहुल, शिखर धवन र कप्तान विराट कोहलीजस्ता धुरन्धर ब्याट्सम्यान २५ को योगफलमा आउट भइसकेको अवस्थामा बिस्फोटक ब्याटिङ गरिरहेका हुन्। तीन वर्षपछि भारतीय टिममा फर्किएका सिंह आफ्नो चौधौं सतकतर्फ अग्रसर छन्। उनले १२ चौका र १ छक्काको सहयोगले ८१ बलमा ८१ रन बनाइसकेका छन्। युवराजले पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग मिलेर चौथो विकेटका लागि २३ ओभरमा अविजित १३० रनको साझेदारी गरिसकेका छन्। यी दुई ब्याट्सम्यानको एकदिवसीयमा यो दशौं सतकीय साझेदारी हो। यस वर्ष घरेलु लिगमा दुई वटा बिस्फोटक सतक बनाएपछि युवराजलाई एकदिवसीय टिममा पुनः स्थान दिइएको थियो।

0 comments

प्रतिकृया दिनुहोस