आफ्नो भावी योजनाका लागि सल्लाह माग्दै ओबामा
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएका छन्। अब उनले के गर्नेछन् भन्ने बारे सबैलाई चासो भइरहेका बेला ओबामा दम्पत्तिले एक भिडियो जारी गरेका छन्। उनीहरुले यस भिडियोमा अब उनले के गर्नुपर्छ? भन्ने बारे सबैसँग सल्लाह मागेका छन्। ओबामा शिकागोमा प्रेसिडेन्टियल सेन्टर बनाउन गइरहेका छन्। यसका लागि मानिसहरुका सल्लाह, सुझाव तथा आइडियाहरु पठाउन उनले आग्रह गरेका छन्। तत्कालका लागि भने उनीहरुले केही समय आराम लिने र परिवारसँग समय विताउने मिसेलले बताएकी छन्। ओबामा दम्पत्तिले सबैको सहयोगको लागि धन्यवाद दिएका छन्।

0 comments
प्रतिकृया दिनुहोस