घर भित्रै थुनिएका छन् अनमोल, कारण के होला ?

काठमाडौं, माघ ६ – सानै उमेरमा स्टार बनेका अभिनेता अनमोल केसी पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । त्यसो त अनमोल जुन पायो त्यही र जहाँ पायो त्यहीँ भएका कार्यक्रमहरुमा पहिले पनि जाँदैनथे । तर अहिले भने उनी देखिन ठप्पै भएको छ । अनमोल अहिले सार्वजनिक कार्यक्रममा मात्रै हैन आफन्तलाई भेट्नेसम्म समय मिलाउन नसक्ने भएका छन्

अनमोल अहिले ‘कृ’ सिनेमाको तयारीमा लागेको हुनाले बाहिर निस्किन नमानेका हुन् । सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने सिनेमाको ‘कृ’ को सुटिङ फागुनदेखि सुरु हुने छ । अनमोल ‘कृ’ का मुख्य कलाकार हुन् ।
आफ्ना चार वटा सिनेमाले दर्शकको राम्रो माया पाएका कारण पाँचाैं सिनेमाले पनि राम्रो सफलता पाओस् भन्ने अनमोल चाहन्छन् ।
चरित्रमा भिजेर राम्रो काम गर्ने तयारी गरिरहेका अनमोल अहिले बाहिर निस्कनु भनेको सही दिमागलाई भड्काउनु जस्तै हुने भन्दै बाहिर निस्किन नचाहेका हुन् । अनमोलको पाँचौं सिनेमा ‘कृ’ आउँदो भदौ १६ मा प्रदर्शन हुनेछ ।
‘कृ’ मा २० लाख पारिश्रमिक
अनमोल सानै उमेरमा धेरै सफलता पाउने कलाकार त हुन् नै यसका साथै उनी सबैभन्दा धेरै पारिश्रमिक पाउने कलाकार पनि बनिसकेका छन् । उनका सिनेमाले पाएको सफलता देखेर उनलाई आफ्नो सिनेमामा लिनका लागि सबै निर्माता र निर्देशक अघि सर्छन् ।
तर उनको पारिश्रमिक भने जो पायो त्यहिले दिन सक्ने छैन । उनका लागि ठूलै बजेटमा बनेको सिनेमा र धेरै खर्च गर्न सक्ने निर्माता नै चाहिन्छन् ।
किनकी अनमोल एक सिनेमामा काम गरेबापत अब २० लाख पारिश्रमिक लिने भइसकेका छन् । उनले आफ्नो पारिश्रमिक सिनेमा ‘कृ’ बाटै २० लाख पुर्‍याएका हुन् ।
यी हुन् ‘कृ’ मा अनमोलकी हिरोइन
अनमोल केसीको सिनेमा ‘कृ’ बाट नव नायिका अदिती बुढाथोकीले ब्रेक लिँदै छिन् । झापा दमककी अदिती चर्चित मोडल हुन्
उनले भारतको चर्चित म्युजिक कम्पनी सोनी म्युजिकबाट बन्न लागेका ३ वटा गीतको म्युजिक भिडियामा काम गर्दैछिन् । उनी केही हिन्दी सिरियलका लागि पनि छनौट भएकी छन् । अदितीले हिन्दी फिल्मको लागि तयारी गरिरहेको खबर पनि छ ।

0 comments

प्रतिकृया दिनुहोस