१६ महिनापछि निर्वाचनसम्बन्धि विधेयक बल्ल संसदमा पुग्यो
विधेयक आज पारित गर्ने तयारी
तीनै तहको निर्वाचनका लागि आवश्यक कानुन निर्माणको कार्यादेश पाएको रुपान्तरित संसदले १६ महिनापछि पहिलो पटक निर्वाचनसम्बन्धी विधेय पारित गर्न लागेको हो ।
अपरान्ह २ बजे बस्ने संसद बैठकले प्रतिवेदनमाथि सामान्य छलफलपछि दुवै वटा विधेयक पारित गर्नेछ ।
दलहरुबीच निर्वाचनबारे सहमति हुन नसक्दा लामो समय राज्यब्यवस्था समितिमा अड्कीएका मतदाता नामावली तथा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी दुई वटा विधेयकलाई कायसूचीमा राख्दै संसदले आज पारित गर्न लागेको हो ।
निर्वाचनका लागि आवश्यक पर्ने अन्य तीन वटा विधेयक समितिमा छलफलका क्रममा छन् । थप ४ वटा विधेयकको मस्यौदा भने तयार हुन बाँकी छ ।
थप तीन वटा विधेयकमाथि छलफल जारी संसदको राज्यब्यवस्था समितिमातहतको उपसमितिले आज पनि निर्वाचनसँग सम्बन्धित थप तीन वटा विधेयकमाथि सहमतिको पहल गर्दैछ ।
राजनीतिक दलसम्बन्धी विधेयक अन्तर्गत थ्रेसहोल्ड राख्ने नराख्ने बिषयमा दलहरुबीच सहमति हुन नसक्दा अघि बढ्न सकेको छैन ।


0 comments
प्रतिकृया दिनुहोस