विहे गर्न नमानेपछि आफ्नै प्रेमीमाथि तेजाब प्रहार

एजेन्सी । विवाह गर्न नमानेपछि लिदिया यसपाल नाम गरेकी युवतीले आफ्ना ३२ वर्षीय प्रेमी जयकुमार पुरुषोत्तमको अनुहारमा तेजाब खन्याएकी छन्। बेंगलरकी लिदिया पेशाले नर्स भएको र उनले तेजाब अस्पतालको छुरीले जयकुमारको अनुहारमा प्रहार गरेको आरोप लगाइएको छ ।

धर्म फरक भएको भन्दै बिवाह गन{ नमानेपछि लिदियाले जयकुमारलाई तेजाब हालेको प्रहरीले जनाएको छ ।जयकुमारले प्रहरीलाई दिएको वयानअनुसार लिदिया र उनीबीच ४ वर्षदेखि प्रेम सम्बन्ध थियो। लिदिया उनीसँग विवाह गर्न चाहन्थिन् तर कारण आमाबुवाले नमान्ने भन्दै जयकुमारले मानिरहेका थिएनन्। जयकुमारले भनेअनुसार उनले लिदियासँग तीनमहिना देखि दुरी बढाएका थिए। जयकुमारले विहेका लागि अर्की केटी खोजिरहेका भनेर लिदिया रिसाएकी थिइ
छानविनमा संलग्न प्रहरीले आफ्नो १२ वर्षको रेकर्डमा महिलाले पुरुषलाई तेजाब हालेको घटना पहिलो पटक थाहा पाएको बताएका छन्। बेंगलरु प्रहरीका एक वरिष्ठ अधिकारीले पनि यस्तो घटना शहरमा पहिलो पटक भएको बताएका छन्।

0 comments

प्रतिकृया दिनुहोस